त्रिवेणी (रुकुमपश्चिम) : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार खोलाले बगाउँदा उनको मृत्यु भएको हो । काफचौर तर्ने क्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए।
उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ । यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् ।
बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षति पुगेको ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।