काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरहरूले ३७ हजार तलबलाई कानुनी रुप दिन गरेको मागप्रति आश्चर्य व्यक्त गरेका छन्।
नेपाल इन्जिनियर्स एशोसियसनले ६२ औं इन्जिनियर्स डेका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३७ हजार तलबले कसरी परिवार पाल्ने भनेर चिन्ता व्यक्त गरे।
‘तपाईंहरूको एउटा माग मार्मिक लाग्यो मलाई । ३७ हजार बेसिक तलब तोकिएको छ। त्यसलाई पनि कानुनी रुप पाउँ भन्दै हुनुहुन्छ। ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र?’ ओलीले भने, ‘यो त अचम्मको कुरा भयो नि । सरकार र हामी हरेकका लागि यो व्यंग्य जस्तो छ।’
ओलीले ३७ हजार तलबले दैनिकी चलाउनै गाह्रो हुने अवस्थामा पनि नैतिकतामा रहेर काम गर्न आव्हान गरेको भन्दै इन्जिनियरहरूको प्रशंसा गरे। उनले सरकार इन्जिनियरहरूको साथमा रहेको पनि बताए।
‘घरभाडा ३० हजार तल पाउनुहुन्न, बजार महिना चलाउन एउटा परिवारलाई कमसेकम ३० हजार बिना हुँदैन होला । अनि तलब ३७ हजार !’ ओलीले थपे, सरकार तपाईंहरूका मागप्रति पोजेटिभ छ। ’
तपाईंको ईमेल गोप्य राखिनेछ ।