|

काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ। बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट थारु आयोगको पाचौं वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेश गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ। 

यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरु प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।राष्ट्रपति रामचन्द्र पौडेलले गत साउन १ गते बजेटसँग सम्बन्धित आर्थिक विधेयक, २०८१, राष्ट्रऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ प्रमणीकरण गरेका थिए।

त्यसअघि बैठकको सुरुमै शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा सरकराको ध्यानाकर्षण गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.