|

फुङ्लिङ :  जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ। 

गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो।

अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। 

गाउँपालिका कार्यालयसँगको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ। पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.