|

काठमाडौं : नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले सरकार चलाउने शैली बदल्नुपर्ने बताएकी छिन्।

राष्ट्रियसभा बैठकमा शुक्रबार बोल्दै उनले नयाँ तरिकाले अघि नबढे जनता फेरि आन्दोलनमा उत्रन सक्ने बताइन्।

नेताहरु सरकार फेरबदलमा मात्र व्यस्त भइरहेको भन्दै उनले नागरिकले पाइरहेका सास्तीमा ध्यान दिन नसकेको भन्दै आलोचना गरिन्।

‘आफूचाहिँ ठूलाठूला महल बनाउने, आफ्नो चाहिँ  पाँच पुस्तालाई पुर्याउने जनता चाहिँ भोकै मरोस् अकालमै मरोस भन्ने बेवास्ता गर्ने परिपाटी अहितकर छ।’ उनले भनिन् ‘अब नयाँ तरिकाले गएन भने यो मुलुकमा जनताहरू अर्को आन्दोलन र आक्रोशमा जानुपर्ने अवस्था आउँछ त्यसैले यसलाई गम्भीर रुपमा लिनुपर्छ।’

उनले वर्षाका बेला विकास निर्माणका काम गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै संवेदनशील सडकहरुमा सुरक्षाकर्मी राखेर गाडी चलाउनुपर्ने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.