|

काठमाडौं : नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनसम्म माओवादी केन्द्रसँग सहकार्य नगर्ने शर्तमा कांग्रेससँग मिलेर सरकार बनाएको बताएका छन्। शुक्रबार दोहामा प्रवासी मञ्चको सातौँ अधिवेशनमा पोखरेलले  राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस सरकार बनेको बताए।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै बेइमानीका कारण अघिल्लो सरकार ढलेको आरोप लगाए। उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणी गरे। ‘देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गर्‍यौँ, उनले भने।

एमालेले नै देशलाई समृद्ध बनाउने भन्दै उनले अब नेपालमा साना दलको काम नरहेको तर्क गरे। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले  नेपालमा रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.