|

काठमाडौँ : यो हप्ता देशभरि ११३ जना डेंगु संक्रमणका नयाँ विरामी भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार यो हप्ता देशभर डेंगु संक्रमणका विरामीको संख्या १ हजार ६५७ जना पुगेको छ। अघिल्लो साता देशभरि १ हजार ५४४ जना विरामी थिए। 

यो साता काठमाडौँमा डेंगुका विरामीको संख्या १९६ जना पुगेको छ। झापामा १२८ जना, चितवनमा ९२ जना, मकवानपुरमा ७३ जना, ओखलढुंगामा ५७, तनहुँमा ५६, भोजपुरमा ५२ जना, डोटीमा ५० जना रहेका छन्।

प्रदेश स्तरमा हेर्ने हो भने हाल बागमती प्रदेशमा डेंगुका विरामी संक्रमित बढेकाबढै छन्। विवरणअनुसार बागमतीमा हाल ५७० जना विरामी रहेका छन्। अघिल्लो साता बागमतीमा ५३८ जना‚ कोशीमा ३९६ जना विरामी थिए।

गण्डकीमा २५६, लुम्बिनीमा १९६, सुदूरपश्चिममा १७५, मधेशमा ४१ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनामा डेंगुका विरामीको संख्या बढ्ने आँकलन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.