|

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्षी दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताएका छन्।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासामा उनले सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्र संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने बताए। 

सचिव भट्टराईले मुलुकको अर्थतन्त्र चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरुको सहमति लिने मुख्य दुई ठूला काममा सरकार केन्द्रित हुने बताए। 

दुई ठूला दल एमाले र कांग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशाअनुसार काम गर्नु रहेको उनको भनाई थियो। सचिव भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउन पनि सक्दो पहल गर्ने बताए। 

‘असाधारण ढंगले काम गर्न हामी दुई ठूला दल एक ठाउँमा आएका हौँ। मूलतः यसले अर्थतन्त्रलाई सकारात्मक दिशा दिने, गति प्रदान गर्ने, देशभित्र लगानीको वातावरण बनाउने, वैदेशिक लगानीको निम्ति पनि उपयुक्त वातावरण बनाउने, रोजगारीका अवसर बढाउने र विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै कामको एउटा वातावरण बनाउने मुख्य दायित्व हुनेछ‚’ उनले भने, ‘साथै देशभित्र आत्माविश्वास बढाउने, जनतामा एउटा आत्माविश्वास बढाउने, राजनीतिक दलको बीचमा सहमति निर्माण गर्ने र त्यो सहमतिमार्फत संविधान पुनरावलोकन गर्ने, समीक्षा गर्ने र आवश्यक परे संविधान संशोधन गर्ने सहमतिका साथ यसको अर्को दायित्व छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.