|

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको हस्ताक्षरसहित आचार्यले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका हुन्। 

केन्द्रीय सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले एमालेले गर्ने सहमति भएपछि आचार्यले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्। संसदीय दलका नेता लिला गिरीले दाबी गर्ने भनिए पनि अन्तिममा पार्टीको केन्द्रीय निर्देशन अनुसार आचार्यले मौका पाएका हुन्।

गिरी पूर्वमुख्यमन्त्री समेत हुन्। नेकपा माओवादीबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गरेर  राजीनामा दिएसँगै मुख्यमन्त्रीको पद रिक्त भएको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर दलहरुलाई आह्वान गरेका थिए। आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख शेरचनको तयारी छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.