news

|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिकामा गरिब तथा सुकुमवासीका लागि सरकारले भव्य अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसक्यो। बागमती, विष्णुमती र मनहरा किनारका ‘सुकुमवासी’ भने उक्त अपार्टमेन्टमा बस्न मानिरहेका छैनन्।​

सुकुमवासी र गरिब व्यक्तिहरूका लागि सरकारले चारवटा ठूला अपार्टमेन्ट बनाएको छ।

सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई ठाउँमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन्।

काठमाडौँका नदी किनारमा रहेका सक्कली सुकुमवासीलाई सुविधासहितको भवनमा व्यवस्थापन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा २०६९ सालमा सरकारले यी भवन बनाउने निर्णय गरेको थियो।

शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा बनेको आवासले काठमाडौँका वास्तविक सुकुमवासीले देख्नसम्म पाएका छैनन्।

पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टका एउटा ब्लकमा भने नागार्जुन नगरपालिकाको वडा नं. १ को कार्यालय र अस्थायी पोष्ट रहेको छ भने एउटा ब्लक भने मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ। 

यसरी सुकुमवासी र गरिबहरूका लागि बनाइएका उक्त अपार्टमेन्ट पूर्ण रूपमा प्रयोग नहुँदा लेउ र झारले छोपिएको छ र जीर्ण समेत बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.