|

काठमाडौं : काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। सौर्य एयरलाइन्सका अनुसार मर्मतका लागि पोखरा जान लागेको जहाज दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले उक्त दुर्घटनामा परी १८ जनाको शव निकालिएको पुष्टि गरेको छ। काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको थियो।

तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिइए पनि १८ जनाको शव फेला परेको थियो। एकजना घाइतेलाई भने तत्काल उद्धार गरी अस्पताल पुऱ्याइएको थियो। उद्धार गरिएका घाइते विमानका पाइलट मनीष शाक्य रहेको र उनको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल केएमसीको आकस्मिक कक्षमा उपचार भइरहेको छ। त्यस्तै, मृतकहरूको शव संकलन गरी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको छ। मृतकका आफन्तजनहरू भावविह्वल हुँदै अस्पतालमा पोष्टमार्टम कुरेर बसेको अवस्था छ।

केही तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.