|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बुधवार विहान करिब सवा ११ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटना भएको हो।

दुर्घटनामा क्याप्टेनबाहेक सबै १८ जनाको निधन भएको छ। घाइते क्याप्टेन मनीष शाक्यको उपचार भइरहेको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री सिंहले दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति पनि सरकारले गठन गरेको छ। मुख्यमन्त्री सिंहले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.