|

चितवन : भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । 

महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा वडा नं.७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

यस्तै खोलाले बगाउँदा कालिका नगरपालिका-१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव शुक्रबार बिहान फेला परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.