|

काठमाडौं : यहाँको न्युरोड क्षेत्रमा महारपालिकाले सडक भत्काएर फुटपाथ विस्तार गरेसँगै अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ। फुटपाथ विस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ।

फुटपाथ विस्तारका क्रममा काठमाडौं महानगरपालिको मूल सडक छेउमा गर्दै आएका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरुमा परेको छ। जसकारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन्।

अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरु मासिने खतरामा छन्। सांस्कृतिक धरोहरहरुको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ। पार्किङ गरिएका सवारी साधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ।

काठमाडौंको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरस्थलहरु मासिने निश्चित छ। त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ।

महान्गरले फुटपाथ विस्तार गरेसँगै स्थानीयहरुले विरोध गरेका थिए। सबै वडाका अध्यक्षहरुले फुटपाथ विस्तारविरुद्ध विरोध जनाएका थिए भने स्थानीयहरुले पनि अध्यक्षहरुलाई साथ दिएका थिए।

यता, महानगरपालिकाका प्रमुख बालेन्द्र साह भने नगर प्रहरी परिचालन गरेरै फुटपाथ विस्तारको काम सुरु गर्न थालेपछि आन्दोलन चर्किएको थियो।

महानगरपालिका र वडा नम्बर २२ अध्यक्ष चिनीकाजी श्रेष्ठबीच केही समय फुटपाथ विस्तार गर्न रोक्ने सहमतिसँगै अहिले न्युरोड शान्त छ। तर अव्यवस्थित पार्किङको समस्या बढेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.