काठमाडौं : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज सिंहदरबार परिसर भित्र निर्माणाधीन संसद् भवनको अनुगमन गरेका छन्। सोही अवसरमा मन्त्री सिंहले निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन समेत दिएका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १६ गते शिलान्यास गरेको नयाँ संसद् भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने भनिए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन।
कुल रकम (भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा) भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।