|

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन्।

मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए। उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र मिडियाको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए।

उनले सरकारमाथि आलोचनाको हकलाई कमजोर हुन नदिने उल्लेख गर्दै लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गरे। ​सापेक्षित रुपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रुपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्‍याउन सरकार केन्द्रित रहेको उनले बताए। स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको उनले दावी गरे। 

उपप्रधानमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशिल, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताए। 

उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामथ्र्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताउँदै उनले गतिशिल र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौती रहेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.