|

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मुद्दामा गलत बकपत्र दिएको अभियोगमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले पोखरा महानगरपालिकाका कर्मचारी सब इञ्जिनियर उषाकिरण रोकायासहितलाई आयोगले घुस लिएको अभियोगमा पक्राउ गरेको थियो। 

आयोगले सरकारी साक्षीका रुपमा पेश गरेको केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले गलत बकपत्र दिएको पाइएको छ।

आयोगले तीन लाख ५० हजार बराबरको घुससहित पक्राउ परेका रोकायालगायतलाई जस्तै समान बिगो दावी गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.