|

काठमाडौं : काभा महिला नेशन्स भलिबल लिगमा पहिलो सेट जितेर दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट जितेको छ । 

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी खेलको पहिलो सेट २५–१८ ले जितेको नेपाल दोस्रो खेल १२–२५ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा नेपाल २५–१७ ले विजयी भएको हो । यो सँगै खेलमा नेपालले २–१ सेटको अग्रता बनाएको छ । 

पहिलो खेलमा श्रीलंकाविरुद्ध जित निकालेको नेपाल आज लगातार दोस्रो जितको लक्ष्यसहित भारतविरुद्ध उत्रिएको हो । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । 

भारतले भने लगातार दुई खेलमा जित निकालिसकेको छ । पहिलो खेलमा इरानलाई पराजित गरेको भारतले शुक्रबार माल्दिभ्सविरुद्ध प्रभावशाली जित निकालेको थियो । शनिबारै साँझ सवा ५ बजे हुने खेलमा माल्दिभ्स र इरानबीच प्रतिस्पर्धा हुँदैछ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.