|

 

काठमाडौं : पेरिस ओलम्पिको नवौं दिनका खेलहरु सकिँदा अमेरिका शीर्षस्थानमा पुगेको छ। दुई दिनअघि मात्र पाँचौं स्थानको अमेरिकाले गएराति ८ स्वर्ण थप गर्दै शीर्षस्थानमा पुगेको हो।

अमेरिकाले अहिलेसम्म ७१ पदक जितेको छ। कुल १९ स्वर्ण, २६ रजत र २६ कांस्य जितेको अमेरिका टोकियो ओलम्पिकको विजेतासमेत हो।

चीनले गएराति दुई स्वर्ण थप गर्न सक्यो। अहिले चीनले १९ स्वर्ण १५ रजत र ११ कांस्यसहित ४५ पदक जितेर तालिकाको दोस्रो स्थानमा छ। आयोजक फ्रान्स एक स्थान तल झरेर तेस्रो स्थानमा छ।

फ्रान्सले १२ स्वर्णसहित १४ रजत र १८ कांस्य जितेको छ। आजसम्मको नतिजाअनुसार अस्ट्रेलिया चौथो स्थानमा छ। उसले ३१ पदक जित्ने क्रममा १२ स्वर्ण आफ्नो नाममा गरेको छ। ३७ पदकसहित रहेको ग्रेटब्रिटेन पाँचौं स्थानमा कायम छ।

जापानलाई पछि पार्दै दक्षिण कोरिया छैठौं स्थानमा उक्लिएको छ।

पेरिस ओलम्पिक २०२४ मा आज २५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछन्। ओलम्पिकमा ६३ देशले पदकको खाता खोलेका छन्। भारतले भने नवौं दिनको खेल सकिँदासम्म एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन्। भारतले अहिलेसम्म तीनवटा कास्य पदक मात्र जितेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.