|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार सरकार पुनर्गठन गरी ५ जना राज्यमन्त्री थपेका छन्।

मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक/एक राज्यमन्त्री थपेका छन्। एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ।

कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

नवनियुक्त पाँचवटै राज्यमन्त्रीलाई मधेश भवनमा मंगलबार प्रदेश प्रमुख, सभामुखको उपस्थितिमा मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

आज ५ जना राज्यमन्त्री नियुक्त भएका छन्। १२ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.