|
फाइल फोटो

लमजुङ : बेँसीसहर-चामे सडक पहिरोले अवरुद्ध भएको छ। अविरल वर्षाले गएराति बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका-३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए। ६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.