काठमाडौँ : सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिगको उपाधिका लागि अहिले नेपाल-भारतबीच भइरहेको फाइनलको चौथो सेट २५-२१ ले जितेर भारतले २-२ को बराबरी गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा भारतले चौथो सेट भारतले जितेको हो।
नेपालले पहिलो सेट २५-२३ ले जित्यो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो।
दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५-१४ को फराकिलो अन्तरले जित्यो।
प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लिएको थियो।
सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० को सेटमा पराजित गरेका थिए।
लिग चरणको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।