काठमाडौं : पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिन सकिँदा अमेरिका २७ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम छ।
अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ। शीर्षस्थानका लागि कडा दिएको चीनले २५ स्वर्ण २३ रजत र १७ कास्यसहित कुल ६५ पदक जितेको छ।
तेस्रो स्थानमा यथावत् अस्ट्रेलियाको नाममा १८ स्वर्ण १२ रजत र ११ कास्यसहित कुल ४१ पदक छ। आयोजक फ्रान्सले १३ स्वर्णसहित कुल ५१ पटक हात पारेको छ। १२ स्वर्ण १७ रजत र २० कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ। दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैठौं, सातौ र आठौं स्थानमा यथावत् छन्।
पेरिस ओलम्पिक २०२४ मा बुधबारसम्म सहभागी २ सय ६ मध्ये ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन्।
प्रतियोगिता अन्तर्गत आज थप १२ स्वर्णसहित २७ पदकका लागि प्रतिस्पर्धा हुने छ। जारी ओलम्पिकमा ३२ खेलमा ३ सय २९ पदकका लागि २ सय ६ देशका १० हजार ७ सय १४ खेलाडी मैदानमा उत्रिएका छन्। खेलको समापन आगामी आइतबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।