|

काठमाडौं  :  मोरक्कोले इजिप्टलाई पराजित गर्दै पुरुष ओलम्पिक फुटबल प्रतियोगितामा पहिलो पदक जितेको छ।

गएराति कास्य पदकका लागि भएको खेलमा मोरक्कोले इजिप्टलाई ६-० गोल अन्तरले हरायो।

पेरिस २०२४ मा सर्वाधिक गोल गर्ने खेलाडी सौफियाने रहिमीले दुई गोल गर्दै ओलम्पिकमा सर्वाधिक गोलकर्ता बनेका छन्।  उनले  आफ्नो व्यक्तिगत गोल संख्या आठमा पुर्‍याए। र,  प्रतियोगिताको इतिहासमा लगातार छ खेलमा गोल गर्ने पहिलो खेलाडी बने।

मोरक्को सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो। यस्तै इजिप्ट फ्रान्ससँग पराजित भएको थियो।

स्वर्ण पदकका लागि आज फ्रान्स र स्पेन आमनेसामने हुनेछन्।  यी दुईबीचको खेल राति पौने १० बजे पेरिसमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.