|

काठमाडौं :  निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको विरोधमा कलङ्कीबाट खाली खुट्टा हिँडेर माइतीघरसम्म मार्चपास गरिएको छ।

मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको विरुद्ध शुक्रवार श्रावण २५ गते बिहान १०:०० बजे देखी पाँचौ चरणको आन्दोलन माइतीघर मण्डलामा सुरु हुन लागेको हो।

निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउन उनीहरूको माग छ। कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने तथा आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने उनीहरूले बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.