|

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिगत तहमा दीगो वन व्यवस्थापन मापदण्ड स्वीकृति, कार्यन्वयन गर्ने र वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताए। 

उनले वनलाई उत्पादनमुलक कसरी बनाउने ? उद्यम विकासमार्फत कसरी हरित रोजगारी बढाउने भन्नेबारेमा पनि सरकारले सोचिरहेको बताए। उनले वन ऐन, २०७६ को प्रभावकारी कार्यान्वयन, फौजदारी न्याय सम्पदानको विषय महत्वपूर्ण पक्ष भएको बताए। 

मन्त्री ठकुरीले काठ, दाउरा उत्पादन वृद्धि, काठ आयात प्रतिस्थापन गरी दुई वर्ष भित्रमा काठमा आत्मनिर्भर बन्ने र पाँच वर्षमा काठजन्य सामग्रीको आयात प्रतिस्थापन गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.