|

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरबाट करिब १० मिनेटको दूरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाइ र शाक्त वातावरणमा रहेको स्थान हो। 

उपत्यकाको उचो भागमा शिखरशैलीमा रहेको बिहारका ढुंगामा कुदिएका बुद्धका कलाकृति उत्कृष्ट शिल्पकारी कारीगरीको नमुना मानिएको छ।

सिञ्जा साम्राज्यका राजा अशोक चल्लले वि.सं १३२५ मा काँक्रेविहार निर्माण गरेको विश्वास गरिन्छ। भग्नावशेषकै रूपमा रहेको वेला २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात सो विहारको महत्त्व बढेको देखिन्छ। यसको पुनर्निर्माण भने २०७५ गरिएको थियो ।

ढुंगामा कुदिएका बुद्धका कलाआकृति, विभिन्न बुट्टा हेर्दा यस्तो लाग्छ उत्कृष्ट शिल्पकारी कारीगरीको नमुनाकै रुपमा रहेको छ, सो काँक्रेविहार ।

उपत्यकाको उचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक, धार्मिक र पुरातात्वक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रूपमा रहेको छ।

तस्विर- फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.