काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आफूहरु तयार रहेको बताएका छन्। एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए। उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए।
मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए। उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री लामाले भने, ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न बागमती प्रदेश सरकार तयार छ। बागमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ। हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिष्टहरुलाई आकर्षित गर्ने कम्तीमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहियो नि।'
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।