|

काठमाडौँ :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्‍याएको छ। 

अन्नपूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाइ कृषि तथा पशुपक्षी फार्ममा क्षति भएको हो। 

गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठ सय ब्रोइलर कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपारेको छ। फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखुरा मरेका र दाना काम नलाग्ने भएको बताए। 

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो। जनप्रतिनिधि र प्रहरीको टोलीले  १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.