|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ।

आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गरेका हुन्। मन्त्री थापाले बजेट पारित नभएको, राजस्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएको अवस्थामा राजस्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताए।

अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महसुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज संकलनका लागि बाटो खुलेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.