|

विराटनगर : विराटनगर महानगरपालिका–५ वरगाछीस्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ।

विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

आईसीयू कक्षबाट आइतवार दिउँसो ३ बजेतिर आगलागी शुरु भएको अस्पतालले जनाएको छ। आगलागीको कारण खुलेको छैन। अस्पतालका अनुसार आगलागीबाट १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी शुरु भएको बताए। 

आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको उनको भनाइ छ। हाल अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.