बरहथवा : सर्लाहीमा प्रहरीले १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ।
आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका-५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो। बरामद भएको चिनी सात लाख रुपैयाँ बराबरको हो।
बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।
ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ। ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।