|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने पार्टीभित्र त्यसबारे कुनै ‘टेन्सन नभएको बरु सञ्चारकर्मीलाई टेन्सन भएको’ बताएका छन्।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरुले बैठकमा पार्टीको नेतृत्व हस्तान्तरणको कुरा उठेको भन्ने छ नि भन्ने प्रश्न गरेपछि त्यसको जवाफमा उनले सबै मिल्ने र त्यसमा चिन्ता लिन नपर्ने प्रतिक्रिया दिए। 

नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो के छ यसमा तपाईंको धारणा भन्दै सञ्चारकर्मीले प्रश्न गरेपछि उनले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन।’

पार्टीको स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई संरक्षक बनेर तेस्रो पुस्ताको चाहेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउन लिखित प्रस्ताव पेश गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.