|

काठमाडौं : टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्राण्डका गाडी खरिद गर्न चाहनेले अब महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने भएका छन्।

बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत इन्टरनेसनल प्रालिबीच सोमबार गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने  समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्ने सहमति भएको छ। विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेका क्युआर (QR) कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.