|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले धोका दिनेले उथलपुथल गर्दा अहिलेको नयाँ सरकार बनेको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले आफू यो सरकार बनाउन धेरै लागि परेको नभए पनि वर्तमान सरकारको परिणाम ठिक भएको बताए। 

महामन्त्री थापाले ६-७ महिनापछि बजेटको भारी आफैँले बोक्नुपर्ने हो कि भनेर पहिल्यै गरेको अनुमान अहिले सही सावित भएको बताए। यद्यपि यति छिटो धोका खानेहरू आत्तिएर एक ठाउँमा आउने अवस्था बन्छ भन्ने नलागेको बताए। 

‘मैले अर्थ मन्त्रालयको बजेटमाथि टिप्पणी गर्दा ६–७ महिनापछि यो बजेटको भारी बोक्नुपर्नेछ। त्यसैले के बोल्नु अलमलिइरहेको छु भनेको थिएँ। त्यस वेला एकजना एमालेका माननीयले पशुपतिनाथमा धूप बाले पनि यो गठबन्धन केही हुँदैन भनेर मलाई खुइल्याउनु भयो’, उनले भने, ‘मेरो अनुमानको आधार पनि थियो। माननीय रमेश लेखकले धोखा खानेहरू मिल्नुभयो भने तपाईंको के होला भनेर सोध्नुभएकै प्रश्नभित्र मेरो अनुमान थियो तर यति छिटो यस्तो होला भन्ने लागेको थिएन। धोका खानेहरु यति छिटो आत्तिसकेको अवस्था बनिसकेको थियो। धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो। म यो सरकार बनाउन धेरै लागेको होइन तर परिणाम ठीक छ भन्नेमा छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.