|

रौतहट : रौतहटमा मंगलबार राति भएको वृद्धको हत्याको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले सो विषयमा व्यापक अनुसन्धान सुरु गरेको हो।

जिल्लाको सदरमुकाम गौरमा मंगलबार राति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। गौर नगरपालिका वडा नं–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान धानको खेतमा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार महतोको शव घरदेखि करिब २ सय मिटर पूर्व धानको खेतमा फालिएका अवस्थामा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियारको प्रहारबाट महतोको हत्या भएको खुलेको छ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले विस्तृत अनुसन्धान सुरु गरेको हो। हालसम्म हत्याको कारण खुल्न नसके पनि घटनास्थलबाट महतोको शवको प्रारम्भिक जाँचपछि हत्याको पुष्टि भएको छ।

प्रहरीका अनुसार घटनास्थल वरपरको क्षेत्रलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.