काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा-१२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडेडमा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क हुने बताएकी छन्। आज (बुधबार) सामाजिक सञ्जालबाट उनले यस्तो जानकारी दिएकी हुन्।
उनले भनेकी छन्,‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा-१२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी) मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु।’ विद्यार्थीहरूले उक्त शुल्क फिर्ता हुनुपर्ने माग गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।