कैलाली : सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ।
प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
त्यसअघि मन्त्री सार्कीले विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएपछि प्रस्तुत भएको विधेयकसहितको प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो।
उक्त विधेयकसहितको प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य गीताकुमारी चौधरी, अक्कलबहादुर रावल, चक्रबहादुर मल्ल, रामेश्वर चौधरी र नरेशकुमार शाहीले भाग लिएका थिए।
बैठकमा प्रदेशसभा, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार भएको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन२०७९लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन पेस गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।