काठमाडौं : नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छ्न्।
यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठमाडौंमा आयोजना गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा गाईजात्रा परेड प्रदर्शन गरेका हुन्।
गाईजात्राका दिन ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएका तेस्रोलिंगीहरूले ठमेल हुँदै वसन्तपुर सम्म वृहत् र्यालीको आयोजना गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।