|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : भक्तपुरमा आज परम्परागत गाईजात्रा मनाइएको छ। भक्तपुर दरबारक्षेत्रस्थित तलेजुबाट लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शनसँगै जात्रा शुरु भएको हो।

गाईजात्राको दिन आज विशेष उल्लासका साथ भक्तपुरमा गाईजात्रा मनाइन्छ। देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौँ व्यक्ति आउँछन्।

प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजुबाट घिन्ताङगिसी नाचको प्रदर्शनसँगै जात्रा शुरु हुने परम्परा छ। यो दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्ताङगिसी नाचसहित नगर परिक्रमा गराइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.