|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ जना लेखा अधिकृत मागेको छ। त्रिवि कर्मचारी प्रशासन महाशाखा, पदपूर्ति समितिले त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा लेखापरीक्षण र बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्पन्न गर्नका लागि करारमा १५ जना लेखा अधिकृत माग गरेको हो। 

समितिले महालेखापरीक्षकको कार्यालयबाट अवकाश प्राप्त ६३ वर्ष उमेर ननाघेका मध्येबाट १५ (पन्ध्र) जना लेखाअधिकृत पदमा करार सेवामा बढीमा एक वर्षका लागि माग गरेको छ।

योग्यता पुगेका इच्छुकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्टसम्म) कर्मचारी प्रशासन महाशाखा, कीर्तिपुरमा आईपुग्ने गरी आवेदन दिन समितिले आग्रह गरेको छ। 

परीक्षा दस्तुर २८ सय लाग्नेछ भने परीक्षा किसिम अन्तरवार्तामात्रै रहने समितिले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.