काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले नै गर्ने बताएका छन्।
बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताए।
राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ। समितिमा र संसद बैठकमा सांसदहरुले हदम्याद राख्न नहुने आवाज उठाइरहेका वेला सञ्चारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला। संसदमा छलफल हुन्छ, संसदले निर्णय गर्छ‚’ उनले भने, ‘संसदमा छलफल भइरहेको छ। मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ।’
प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसदको निर्णयअनुसार विधेयक अघि बढ्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।