|

काठमाडौं : बृहत् नागरिक आन्दोलनले नयाँ बानेश्वरको क्षेत्रमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोकेको थियो।

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोक्ने क्रममा दुईपक्षबीच धकेलाधकेलसमेत भएको थियो। भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा शनिबार  बृहत् नागरिक आन्दोलनले  प्रदर्शन गरेको हो।

भ्रष्टाचारको छानविन गर्न पाँच वर्षे हदम्याद लगाउने कि नलगाउने भन्ने विषयमा हाल सर्वत्र चासोको विषय छ। यस सम्बन्धमा नेता र जनता सबैले आ-आफ्नै तर्क गरिरहेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.