भक्तपुर : भक्तपुरको बोडेमा चार दिनसम्म नाचिने नीलवाराही नाच आज सकिँदै छ। हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट यो नाच शुरु हुने परम्परा छ।
यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो जात्राका रूपमा लिइन्छ।
नाच बोडेको नारायणथान लाछीबाट शुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ।
प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलवाराही देवीको नाच देखाइन्छ।
नृत्य टोलीमा भैरव एक, वाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।