काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
सातै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।