काठमाडौँ : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारले भ्रष्टाचारको फाइल खोल्नुपर्ने वेला टिकटक खोलेर समय खेर फालिरहेको बताएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद रामकुमार राईले यस्तो टिप्पणी गरेका हुन्।
‘सरकारले भ्रष्टाचारको सूचना दिने हदम्याद पाँच वर्षको राख्न खोजेको छ। यसमा मेरो घोर आपत्ति छ’, सांसद राईले थपे, ‘भ्रष्टाचारको फाइल खोल्छ कि भन्दा त आज टिकटक पो खोल्यो। भ्रष्टाचारीलाई कारबाही कहिले शुरु हुन्छ ?’
सांसद राईले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी माओवादीलाई दिनुपर्ने माग पनि उठाए। सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने हिजोदेखिकै चलन र नियमावली छ’, उनले भने, ‘यो सरकार बनेको दुई महिना भयो। सरकारले प्रतिपक्षीलाई कहिले सार्वजनिक लेखा समिति दिन्छ?’
तपाईंको ईमेल गोप्य राखिनेछ ।