‘मन्त्रीहरूको भाषण सुनेर जनता दिक्क भएका छन्’

|

काठमाडौँ : संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई भाषण गर्नुको साटो काममा बढी ध्यान दिन निर्देशन दिएको छ।

मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषणभन्दा पनि काम गर्न आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो। 

समिति बैठकमा सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषणभन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषणभन्दा पनि काम गर्न आग्रह गरिन्। उनले विशेषगरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानूनजस्तै हुने भएकाले प्रधानमन्त्रीले भाषणभन्दा पनि काम गर्न आवश्यक रहेको बताइन्। 

उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने र भाषण गर्नेभन्दा पनि नबोलेर काम गरेर देखाउने समय भएको बताइन्। उनले संसदीय समितिहरुको पनि कानून बनाउने तर कार्यान्वयन भए/नभएको निगरानी नगर्ने कमजोरी रहेको बताइन्।

‘सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ। प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुले पनि बोल्नेभन्दा पनि काम गर्नुस्। प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने‚ भाषण गर्नेभन्दा पनि नबोल्नुस् अहिले काम गर्नुस्‚’ उनले भनिन्, ‘जनता मन्त्रीहरुको भाषण सुनेर दिक्क भएका छन्। समितिहरुका कमजोरीहरु पनि छन्। विधायिकी भूमिकामा बस्नेहरुको पनि निगरानी पुगेन। प्रधानमन्त्रीले बोलेको कुरा कानून हो। बोल्नुको साटो काम गर्नुपर्‍यो।’

उनले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउन आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.