|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल लगानीका लागि सम्भावनै सम्भावना भएको देश रहेको बताएका हुन्। उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए।

उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने दावी गरे। उनले अहिले नेपाल बाहिर रहेका नेपालीले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताए।

उनले आम नागरिकलाई विश्वासमा लिएर अघि बढ्न सके नेपालमा प्रचुर सम्भावना रहेको बताए। 

ढकालले भने‚ ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन। सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो कि जस्तो लाग्छ। तर वास्तविकता त्यो होइन। नेपालमा जता हेर्‍यो त्यतै अवसर छ। जहाँ हेर्‍यो हो त्यहीँ छ।’ 

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानून नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.