शेर्पाको साहसले सगरमाथा विश्वमा चिनाएको छ : मन्त्री पाण्डे

|

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन्।

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो। 

“डोरी टाँग्नेदेखि आरोहीलाई शिखरमा पुर्‍याउने काममा शेर्पाहरूले गरेको योगदानकै कारण पर्वतारोहण सहज तथा सफल भएको छ। यसैले शेर्पाका कारण सगरमाथा विश्वमा चिनिन थप मद्दत पुगेको मेरो बुझाइ छ”, मन्त्री पाण्डेले भने। 

सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म रहेका छन्। कार्यक्रममा कुङ्गा शेर्पालाई पालिकाको सदभावनादूत घोषणा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.