प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीवार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन्।
यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो। कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन्।
“हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा पाएका छौँ”, युगान्डा ओलम्पिक समितिका अध्यक्ष डोनाल्ड रुकारेले एक्समा पोस्ट गर्दै भने “यो कायरतापूर्ण र संवेदनहीन कृत्यले एउटा महान एथलिटलाई गुमाउनुपर्यो, उनको विरासत कायम रहनेछ।”
प्रहरीका अनुसार चेप्टेगीका साथी डिक्सन एनडिमा मराङ्गजका रूपमा चिनिने हत्याराले आइतवार पश्चिमी काउन्टी ट्रान्स–नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए।
यो घटना ३३ वर्षीया चेप्टेगीले पेरिस ओलम्पिक म्याराथनमा भाग लिएको केही सातापछि भएको हो। म्याराथनमा उनी ४४औँ स्थानमा रहेकी थिइन्।
आक्रमणमा परेकी चेप्टेगीको शरीरको ८० प्रतिशत भाग जलेको उनको उपचार भएको अस्पतालका कार्यवाहक प्रमुखले मङ्गलबार पत्रकार सम्मेलनमा बताएका थिए।
“हिजो राति उनको सबै अङ्ग खराब भए”, मोई टिचिङ एन्ड रेफरल अस्पतालका एक चिकित्सकले बिहीवार बताए। चेप्टेगीको उपचार गर्ने एक नर्सले उनको मृत्यु स्थानीय समयानुसार बिहान ५ बजे भएको जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।